इ–सेवा मार्फत नेपाल टेलिकमको रिचार्ज गर्दा इलेक्ट्रिक स्कुटर जित्न सकिने अफर सार्वजनिक गरिएको छ।
यस अफरमा सहभागी हुन एनटिसी प्रिपेड, एनटिसी पोस्पेड र एनटिसी डाटा प्याक एप वा इ–सेवाको वेबसाइट मार्फत रिचार्ज गर्नु पर्नेछ।
यो अभियान असार १५ गतेसम्म लागू हुने कम्पनीको भनाइ छ।
यो अभियान अवधिभर प्रोमोकोडहरू प्रयोग गरेर १० प्रतिशतसम्म क्याब्याक प्राप्त गर्न सकिनेछ।
रिचार्ज गरेको २४ घण्टाभित्र क्यासब्याक इ–सेवा वालेटमा जम्मा हुने बताइएको छ।
कोमाकी फ्लोरा एक इलेक्ट्रिक स्कुटर हो। जसले प्रति चार्ज ७५–१०० किलोमिटरको माइलेज दिनुको साथै सहज र रमाइलो सवारी अनुभव सुनिश्चित गराउन शक्तिशाली ३ हजार वाट मोटरको जडान गरिएको छ।
यस इलेक्ट्रिक स्कुटरमा ट्युबलेस टायर र डिस्क ब्रेककोका साथै अन्य विशेषता रहेका छन्।
हाल इ–सेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइलमार्फत करिब ८० लाख ग्राहकले सेवा लिइरहेका छन्।