डिजिटल रेमिटेन्स कम्पनी इ–सेवा मनी ट्रान्सफरले सञ्चालन गरेको 'मेरो डिजिटल देश' अभियानमा पूर्ण बहादुर श्रेष्ठले काठमाडौंमा घर जित्न सफल भएका छन्।
बुधबार लुलु एक्सचेन्ज र इ–सेवा मनी ट्रान्सफरको समन्वयमा लुलु शाखा, सारजाहमा विशेष कार्यक्रम गरी विजेता श्रेष्ठलाई बधाई ज्ञापन गरिएको थियो।
इ–सेवा मनी ट्रान्सफरका, सम्बन्ध प्रबन्धक, ईश्वर अधिकारीले उक्त कार्यक्रममा पूर्ण बहादुर श्रेष्ठलाई नेपालमा हुने विशेष हस्तान्तरण समारोहमा निमन्त्रणा पनि दिएका छन्।
कार्यक्रममा लुलुका उपमहाप्रबन्धक फैसल अहमदस सञ्चालन प्रमुख रघुपति वेन्कीटाकृष्णनस सञ्चालन प्रमुख डिजिटल हरेश पिल्लै, मिडिया तथा मार्केटिङ प्रबन्धक अजिम उम्मेर र शाखामा अन्य ग्राहकहरूको उपस्थिती थियो।
विजेता श्रेष्ठले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर जित्न सफल भएका हुन्।
पूर्ण बहादुर श्रेष्ठले लुलु एक्स्चेन्ज, युएइबाट इ–सेवा मनी ट्रान्सफरमार्फत बैंक खातामा रेमिटेन्स पठाएका थिए।
कम्पनीले विदेशबाट आउने रेमिटेन्सलाई वैधानिक बनाउन प्रोत्साहन गर्ने उद्देश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो।
डिजिटल रेमिटेन्सलाई प्रोत्साहन गर्दै आएको कम्पनीले ‘मेरो डिजिटल देश’ अभियान मार्फत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इ–सेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरुप काठमाडौंमा साढे दुई तलाको घर दिने घोषणा गरेको थियो।
७ असोजदेखि जेठ ६ गतेसम्म रेमिटेन्स पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए। 'मेरो डिजिटल देश' अभियान अन्तर्गत हरेक महिना सेवाग्राहीको घरसम्म पुगी आकर्षक उपहार समेत प्रदान गरेको बताएको छ।
कम्पनीले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इ–सेवा वालेटका ७५ लाखभन्दा बढी प्रयोगकर्ताहरू र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ।