सरकारले निर्यातमा दिँदै आएको अनुदानका लागि ९० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।
संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको लागि ९० करोड रूपैयाँ बजेट विनियोज गरेको बताएका हुन्।
निर्यातमा प्रदान गरिने अनुदानलाई तीन महिना भित्रमा भुक्तानी गरिसक्ने व्यवस्था मिलाएको अर्थमन्त्री महतले बताएका छन्।
सरकारले ३६ प्रकारका वस्तु तथा सेवा निर्यातमा अनुदान दिँदै आएको छ।