चालु आर्थिक वर्ष २०७९/८० को कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान घट्ने भएको छ।
२०७९/८० को आर्थिक सर्वेक्षणले यो आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान ०.४ प्रतिशतले घट्ने देखाएको हो।
गत आर्थिक वर्ष २०७८/७९ मा कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान ५.७ प्रतिशत थियो भने यो वर्ष ५.३ प्रतिशत हुने अनुमान गरिएको छ।
सर्वेक्षणअनुसार खासगरी वनस्पती, तोरी, सोयाबिन तथा सूर्यमूखी तेलको उत्पादनका साथै फलाम तथा स्टिलजन्य उत्पादनमा आएको कमीका कारण उत्पादनमूलक उद्योग क्षेत्रको योगदान घट्न गएको हो।