नेपाल उद्योग वाणिज्य महासंघको घरेलु तथा साना उद्योग समितिको सभापतिमा नरेन्द्रकुमार खड्का चुनिएका छन्।
महासंघ अध्यक्ष चन्द्र ढकालले साना व्यवसायीको प्रतिनिधित्व गर्ने यस समिति सभापतिको जिम्मा खड्कालाई दिएका हुन्।
सोमबार जिम्मेवारी दिँदै अध्यक्ष ढकालले प्रभावकारी काम हुने अपेक्षा राखेको बताए।
उनले समितिका काम कारबाहीको अर्धवार्षिक रूपमा पुनरावलोकन गरी मूल्यांकन हुने बताएका छन्।
खड्का विगत ४ कार्यकालदेखि महासंघको विभिन्न भूमिकामा छन्।
यसअघि महासंघ मेला समिति सभापति रहेका उनी त्यस पहिले कोशी प्रदेशको अध्यक्ष बनेका थिए।