नेपाल उद्योग वाणिज्य महासंघले विषय समितिको नेतृत्व छनोटलाई तिव्रता दिएको छ।
महासंघले बुधबार सूचना तथा प्रविधि समिति, पर्यटन तथा हवाई समितिको सभापति चयन गरेको हो।
महासंघ अध्यक्ष चन्द्र ढकालले सूचना तथा सञ्चार प्रविधि विकास समितिको जिम्मेवारी कार्यकारिणी सदस्य शक्तिकुमार बेगानीलाई दिएका छन्।
बेगानीको ज्वलरी क्षेत्रमा लगानी रहेको छ। उनी गणपति ज्वेलसर्का सञ्चालक हुन्।
२ पटक महासंघको कार्यकारिणी सदस्यमा निर्वाचित उनी हाल एक दर्जन भन्दा बढी व्यवसायमा संलग्न रहेका छन्।
‘मेरो कार्यकालमा सूचना तथा सञ्चार प्रविधिको उच्चतम प्रयोगमा ल्याइनेछ’ उनले भने ‘यसको अधिकतम विकासलाई लागि मेरो समितिले अहम् भूमिका खेल्नेछ।’ यसअघि महासंघको बैंक फाइनान्स तथा इन्सुरेन्स समितिको उपसभापतिको जिम्मेवारीमा थिए।
अध्यक्ष ढकालले अहिले सूचना तथा सञ्चार प्रविधि विकास समितिको सभापतिमा वेगानीको चयनसँगै सूचना प्रविधि क्षेत्रको अधिकतम प्रयोग सहित महासंघको छवि र प्रतिष्ठालाई अझ बढी सशक्त रुपमा अघि बढाउन सहयोग पुग्ने बताए
त्यस्तै, पर्यटन तथा हावाई समितिमा देशबन्धु बस्नेतलाई जिम्मेवारी दिएको छ।