बेलायती ब्रान्डको बेलाको होम एप्लाइन्सेसको प्रोडक्ट नेपाली बजारमा आएको छ।
आइकेबिएस ग्रुपले गत आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर बेलाको ब्राण्डको होम एप्लाइन्सेस नेपाली बजारमा भित्रिएको जनाएको छ।
बेलाको ब्राण्ड बेलायतको चर्चित ब्राण्ड हो। यो ब्राण्डका सामग्री तथा उपकरणहरू बेलायत, कतार नेपालमा उपलब्ध हुँदै आइरहेको छ।
कम्पनीले आगामी दिनमा अन्य मुलुकमा पनि विस्तार गर्ने लक्ष्य राखेको बताएको छ।
आफ्नो गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने कम्पनीले जनाएको छ।
कम्पनीले आफ्ना उत्पादन ग्राहकको प्रमुख रोजाई बन्दै गइरहेको दाबी गरेको छ।
बेलाको उपभोक्ता र व्यवसायिक दुवै क्षेत्रमा आफ्नो सशक्त उपस्थिति बनाउन केन्द्रित हुँदै आइरहेको छ। आइकेबिएस ग्रुप अन्तर्गत इलेक्ट्रोनिक्स डिभिजन अन्तर्गत बेलाको होम एप्लाइन्सेसको उत्पादन रहेका विभिन्न उपकरणहरू शुभारम्भ गरेको हो।
आइकेबिएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा एनआरएनएका युकेका युवा संयोजक अब्दुल बसिदले आइतबार एक कार्यक्रमबीच बेलाकाको ब्राण्डको इलेक्ट्रिक्स सामान र उपकरणको शुभारम्भ गरे।
उनले बेलाको होम एप्लाईसेन्स बेलायती चर्चित ब्राण्डको इलेक्ट्रिक्स सामान नेपाली उपभोक्ताले प्रयोग गर्न पाउनु सुखद रहेको बताए।
प्रमुख कार्यकारी अधिकृत तथा एनआरएनएका युवा संयोजक बसिदले लक्ष्य निर्धारण गरेर अघि बढे मात्रै लक्ष्य हासिल गर्न सकिने बताए।
'हामीले जुनसुकै काम गर्न पनि पहिला लक्ष्य हासिल गर्नुपर्ने हुन्छ,' उनले भने 'मेहनत गरेर मात्रै उपलब्धी चुम्न सकिन्छ।'
प्रमुख कार्यकारी निर्देशक बसिदले हजारौं नेपाली जनता वैदेशिक रोजगारीका लागि विदेश गइरहेको परिपेक्षमा स्वदेशका लागि केही गर्नका लागि भन्दै बेलाका ब्राण्ड नेपालमा विस्तार गर्न लागेको बताए।