तीन वर्ष अघिदेखि सञ्चालनमा आएको फिनटेक कम्पनी एफवान सफ्ट ग्रुप अन्तर्गतको डिजिटल रेमिटेन्स कम्पनी इ–सेवा मनी ट्रान्सफरले तीन वर्ष पूरा गरेको छ।
यस रेमिटेन्स कम्पनीले हाल संसारका दुई सयभन्दा बढी मुलुकबाट ३० वटाभन्दा बढी अन्तर्राष्ट्रिय रेमिटेन्स साझेदारको सहायतामा नेपालमा रेमिटेन्स भित्र्याउँदै आइरहेको छ।
कार्य सञ्चालनमा आएसँगै डिजिटल रेमिटेन्सलाई प्राथमिकता दिँदै 'मेरो पहिलो रोजाइ' नारा बोकेर अघि बढेको यस कम्पनीले डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ६० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरूसँग समन्वय गर्दै तुरुन्तै ग्राहकको खातामा रेमिटेन्स भित्र्याउदै आएको छ।
त्यस्तै, इ–सेवा मनी ट्रान्सफरमार्फत ६१ लाखभन्दा बढी प्रयोगकर्ताको सञ्जाल इ–सेवा वालेटमा पनि विदेशमा रहेका नेपालीहरूले सहजै पैसा पठाउन पाएका छन्।
त्यस्तै, कम्पनीले आफ्ना एजेण्ट नेटवर्कलाई पनि व्यापक मात्रामा वृद्धि गर्दै देशभरी सेवा पुर्याइसकेको छ।
हाल, कम्पनीका मुलुकभर १२ हजारभन्दा बढी संख्यामा एजेण्ट नेटवर्क रहेका छन्। जसबाट ग्राहकहरूले विदेशबाट आएको रकम तुरुन्तै पाउन सक्छन्।
यति मात्र नभएर देशका कुना–कुनासम्म रहेका इ–सेवाका १ लाख १२ हजार एजेण्ट क्यास पोइन्टमार्फत पनि उपभोक्ताले इ–सेवा मनी ट्रान्सफरको रेमिटेन्स सेवाको लाभ उठाइरहेका छन्।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने, 'कार्य सञ्चालनको ३ वर्षमै कम्पनीले छिटो, विश्वसनीय र परिस्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीहरूको मन जितेर पहिलो रोजाइ बन्न सफल भएकोमा हामी एकदमै खुशी र उत्साहित छौँ।'
कोइरालाले थपे 'हाम्रो यस सफलताको श्रेय, म सम्पूर्ण साझेदार, नियामक निकाय, कर्मचारी, एजेन्ट, ग्राहक लगायत सम्पूर्ण शुभ चिन्तकहरूलाई दिन चाहन्छु।'
'डिजिटल माध्यमलाई प्रोत्साहन गर्दै हामीले मेरो डिजिटल देश अभियान सुरू गरेका छौ, जस अन्तर्गत ६ जना भाग्यशाली विजेताहरूलाई हामीले घरमै गएर उपहार हस्तान्तरण गर्यौ साथै एक जना भाग्यशाली विजेताले काठमाडौंमा नयाँ घर जित्न सक्नेछन्।' उनले भने।
सबैको पहिलो रोजाइ बनेर वैधानिक रुपमा डिजिटल माध्यमबाट कम शुल्कमा रेमिटेन्स ल्याई हरेक विदेशिएका नेपाली र उनीहरूको परिवारमा खुशी ल्याउनु नै कम्पनीको लक्ष्य रहेको बताइएको छ।