सेलवेजले पोखरामा नयाँ शाखाबाट सेवा विस्तार गरेको छ।
सन् १९९३ मा सात जना कर्मचारी सहित सुरू गरिएको पोखराको पहिलो आधुनिक सुपरमार्केट सेलवेज डिपार्टनेन्ट स्टोरले पोखराको अमरसिङ चोकमा नयाँ शाखा विस्तार गरेको छ।
छ सय कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिइरहेको सेलवेज ग्रुपले हाल करिब ५ लाख वर्ग मिटरमा सेवा सुविधा प्रदान गरिरहेको बताएको छ।
सेलवेजले पोखरामा चिप्लेढुंगा, बिरौटा, लेकसाइड, बगर, शान्तिनगर, भद्रकाली साथै अमरसिंह चोकमा ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।
यसका साथै काठमाडौंमा सेल्सवेरीले विभिन्न २५ शाखाहरूमार्फत् सेवा सुविधा प्रदान गरिरहेको छ।
अमरसिंह चोक शाखाको सञ्चालनको अवसरमा ग्राहकहरूलाई अत्यावश्यक पर्ने खाद्य वस्तुहरूमा भारी छुट प्रदान गरिएको साथै किचन तथा घरायसी सामग्रीहरूमा १०–१५ प्रतिशतसम्मको छुट प्रदान गरिएको बताइएको छ।
यसै क्रममा सेलवेज अमरसिङ चोक शाखाले आफ्ना सेवाग्राही ग्राहकहरूलाई अझ सहजीकरणका लागि वैशाख १५ गतेदेखि ३१ गतेसम्म आफ्ना सेवाहरू अनलाइन माध्यम भाइबर तथा ह्वाटएपमार्फत् दिने र फ्री होम डेलिभरीको व्यवस्था गरिएको जानकारी पोखराका प्रमुख व्यवस्थापक दयाल गिरीले बताए।
आफ्ना ग्राहकहरूलाई अझ स्तरिय सेवा प्रदान गर्ने उद्देश्यले सेलवेज ग्रुपले काठमाडौंस्थित महाराजगञ्जमा ग्राहकहरूलाई विदेश गएको अनुभती दिने अन्तरर्राष्ट्रिय स्तरको सुपरमार्केट सञ्चालनमा ल्याउने जनाएको छ।