आइएमई ग्रुप अन्तर्गत 'आइएमई डिजिटल सोलुसन लिमिटेड' को 'आइएमई पे' ले पहिलो पटक क्युआर स्क्यान फिचर प्रयोग गर्ने ग्राहकलाई लक्षित गरी नयाँ अभियान सार्वजनिक गरेको छ।
यस अभियान अन्तर्गत आइएमई पेबाट पहिलो पल्ट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकले 'फष्ट क्युआर' प्रोमोकोड प्रयोग गरी २५ रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ।
सो क्यासब्याक ग्राहकहरूलाई क्युआर भुक्तानी गर्न प्रेरित गरी विद्युतीय भुक्तानी गर्न प्रोत्साहन गर्न र साथै वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले सुरू गरिएको कम्पनीको भनाइ छ।