चालु आर्थिक वर्ष २०७९/८० को नौ महिनामा २१ लाख वटाभन्दा बढी मोबाइल फोन चार्जर भित्रिएको छ।
भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि चैतसम्ममा २१ लाख ४२ हजार चार सय ५७ वटा मोबाइल फोन चार्जर भित्रिएको हो।
सो संख्याको मोबाइल फोन चार्जरको लागि देशबाट १४ करोड ६७ लाख २३ हजार रुपैयाँ बाहिरिएको छ। यसबाट सरकारले चार करोड ६७ लाख ८५ हजार बराबरको राजस्व प्राप्त गरेको भन्सार विभाग तथ्यांकले देखाएको छ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा १८ लाख एक हजार पाँच सय ३१ वटा मोबाइल फोन चार्जर भित्रिएको थियो।
पहिलेको तुलनामा यस वर्ष साउनदेखि चैतसम्ममा मोबाइल फोनको आयात भने घटेको छ। सो अवधिमा यो वर्ष जम्मा ३२ लाख ५२ हजार १६ वटा मोबाइल फोन आयात भएको छ। अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा ५० लाख ८ सय ५९ वटा मोबाइल फोन आयात भएको थियो।