पछिल्लो समय अनलाइन प्लेटफर्मले नेपाली बजारमा राम्रो प्रदर्शनी गरिरहेको छ। मानिसहरू डिजिटल सपिङमा आकर्षित देखिन्छन्। यस्तोमा दराज नेपालले ग्राहकहरूलाई अनलाइनमार्फत् सपिङको सेवा दिइरहेको छ।
दराज दक्षिणपूर्वी एसियाको बहुराष्ट्रिय कम्पनी हो। यसले नेपालसँगै पाकिस्तान, बंगलादेश, श्रीलंका र म्यानमारमा आफ्नो सेवा पुर्याइरहेको छ।
दराज नेपालमा थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्ड र कम्पनीहरू आवद्ध छन्। यसैमार्फत कतिपयको व्यवसायमा सुधार देखिएको बताइरहेका छन्। दराजमा बिक्रेता बन्दा थुप्रै फाइदा हुने उनीहरूको भनाइ छ।
दराजमा बिक्रेता कसरी बन्न सकिन्छ र दराजमार्फत् सामग्री बिक्री गर्दा कम्पनी वा व्यवसायीलाई कसरी फाइदा पुग्छ भन्नेबारे दराज नेपालका बजार सञ्चालन प्रमुख प्रशान्त बुर्लाकोटी यस्ताे बताउँछन्ः
दराजमा बिक्रेता बन्ने प्रक्रिया के-कस्तो छ? दराजमा बिक्रेता बन्दा के फाइदा हुन्छ?
दराजमा बिक्रेता बन्ने प्रक्रिया एकदमै सजिलो छ। तपाईंसँग व्यवसायको प्यान भए प्रक्रिया अगाडि बढाउन सकिन्छ।प्यान नम्बरबाट व्यवसायीले दराजमा आफ्नो खाता दर्ता गराउन सक्नुहुन्छ। यो वेबसाइट वा दराज सेलर सेन्टर एपमार्फत गर्न सकिन्छ। दर्ता गराउँदा केही प्रश्नहरू सोधिएको हुन्छ। ती प्रश्नहरूको उत्तर दिई केही नियमहरूको पालना भने गर्नुपर्ने हुन्छ।
दराजको बिक्रेता भएपछि केही निर्देशनहरू पालन गर्नुपर्ने हुन्छ। तिनलाई ध्यानमा राख्दै दर्ता प्रक्रिया सकेर व्यवासयीले आफ्नो सामग्रीहरू सूचीबद्ध रूपमा बिक्रीको लागि राख्नसक्नु हुन्छ। दराजबाट सामग्री बिक्री गर्दा धेरै फाइदाहरू छन्।
दराजमार्फत व्यापारी/बिक्रेताले नेपालको जुनसुकै कुनामा पनि सामग्री बिक्री गर्न सक्नुहुन्छ। हामीले नेपालभरको एक सयभन्दा बढी सहरमा सेवा पुर्याइरहेका छौं। बिक्रेताले बिक्री गरेको सामग्रीको भुक्तानी साप्ताहिक रूपमा पाउन सक्नुहुन्छ। नयाँ व्यवसाय सुरू गर्नुभएका उद्यमीहरूको सामग्री बिक्री गर्न दराज एक राम्रो प्लेटफर्म हो।
दराजमा मासिक ३० लाखभन्दा बढी सक्रिय ग्राहकहरू र दैनिक २ लाखभन्दा बढी प्रयोगकर्ताहरू छन् |
दराजले आफ्ना बिक्रेताहरूलाई व्यापार बढाउन कसरी सहयोग गर्छ?
दराजको अनलाइन लर्निङ प्लेटफर्म 'दराज विश्वविद्यालय' मार्फत हामी विभिन्न प्रकारका पाठ्यक्रमहरू सञ्चालन गर्दै आएका छौं। यस प्लेटफर्मले दराजमा बिक्रेताहरूलाई उनीहरूको व्यापार बढाउनको लागि प्रशिक्षण र स्रोतहरू प्रदान गर्छ।
हामीसँग इ-कमर्स प्लेटफर्म (अलिबाबा सेलर सेन्टर) को व्यवस्था छ। यहाँ बिक्रेताहरूले आफ्ना अर्डरहरू व्यवस्थापनसँगै व्यापार सल्लाहकारसँग प्रत्येक्ष जोडिन सक्नुहुन्छ। त्यसैगरी रिअलटाइम एनलाइटिक्स, वित्तीय व्यवस्थापन प्रणाली र दराज विज्ञापन सेवाहरू प्राप्त गर्न सक्नुहुन्छ। यसले सबै बिक्रेताहरूलाई उहाँहरूको व्यवसाय वृद्धि गर्न मद्दत गर्छ।
यसबाहेक हामीसँग १८ घण्टा सेलर सपोर्ट सर्भिसको व्यवस्था छ।
साना व्यवसायहरूले दराजबाट कसरी फाइदा लिन सक्छन्? साना ब्रान्डहरूको लागि दराजमार्फत सामग्री बिक्री गर्नु कतिको दिगो छ?
दराज नेपाल एक मार्केटप्लेस इकमर्स व्यवसाय हो। यहाँ हामी ठूला व्यवसायसँगै साना तथा मझौला व्यवसायहरूलाई पनि प्रोत्साहन गर्छौं।
हाम्रो प्लेटफर्मले सबै व्यवसायहरूलाई समान रूपमा व्यवहार गर्ने भएकाले साना तथा मझौला व्यवसायहरूले दराजबाट विभिन्न तरिकाले फाइदा लिन सक्छन्। दराजले कहिल्यै पनि व्यापारको आकारको आधारमा व्यवसायीलाई व्यवहार गर्दैन। दराज दैनिकी रूपमा माग हुने सामग्रीमा मात्र केन्द्रित छ।
दराजले सबै नयाँ ब्रान्डहरू सार्वजनिक, प्रवर्द्धन र मापन गर्न मद्दत गर्ने भएकाले साना ब्रान्डहरूका लागि एक भरपर्दो प्लेटफर्म बनेर उभिएको छ। दराज मलमा मौलिक सामग्रीहरू पाइन्छ। यसले नयाँ र साना ब्रान्डहरूलाई दराज प्लेटफर्ममा सजिलो र न्यूनतम लागतमा सामग्री सार्वजनिक गर्न मद्दत गर्छ।
दराजले समय-समया विभिन्न अभियानहरू चलाउँछ। विशेष छुट दिने गर्छ। यस्ता अभियानहरूले बिक्रेताहरूलाई कसरी फाइदा गर्छ?
विभिन्न अभियानमार्फत हामी बिक्रेताहरूको सामग्री प्रवर्द्धन गर्छौं। साथै, हामी यस्तो विशेष अवसरमा बिक्री वृद्धि गर्न, बिक्रेताहरूलाई सशक्त बनाउन र ग्राहकहरूको गतिविधि बढाउनमा संलग्न हुन्छौं। बिक्री बढाउन चाहने बिक्रेताहरूको लागि दराजका विभिन्न अभियान एक सुनौलो मौका हो।
साथै अभियानको समयमा बिक्रेताहरूले आफ्नो ब्रान्ड र सामग्रीहरू लाखौं खरिदकर्ताहरू माझ पुर्याउन दराजले मद्दत गर्छ। अभियानले पुरानासँगै नयाँ ग्राहकहरूलाई पनि आकर्षित गर्छ।
अभियानहरूका क्रममा दराजले विशेष छुट, भौचर र प्रिपेमेन्ट अफरहरू दिने गर्छ। नयाँ वर्ष २०७८० विशेष पनि हामीले अभियान आयोजना गरेका थियौं।