नयाँ वर्षको उपलक्ष्यमा नेपालमा माइडिया उत्पादनको आधिकारिक वितरक चौधरी ग्रुपले नयाँ वर्ष विशेष अफर सार्वजनिक गरेको छ।
कम्पनीले 'नयाँ वर्ष २०८० को बहार, दुबई घुम्ने मौका र पक्का उपहार' योजना सार्वजनिक गरेको हो।
यस अफरअन्तर्गत ग्राहकहरूले माइडियाको चयन गरिएका उत्पादनहरू खरिद गर्दा निश्चित उपहारहरू प्राप्त गर्न सक्नेछन्। साथै कुनै पनि माइडियाको उत्पादनहरूको खरिद गर्दा लक्की ड्र मार्फत दुबई भ्रमण गर्ने अवसर पाउनेछन्।
निश्चित उपहारहरूका लागि ग्राहकहरूले ६ र ७ केजीको वासिङ मेसिन र डबल-डोर रेफ्रिजिरेटरको खरिदमा क्रम्पटन ड्राइ आइरन, ८ र ९ केजीको वासिङ मेसिन र सोकेसको खरिदमा १ लिटर माइडिया राइस कुकर, १० केजी वासिङ मेसिन र (८ केजी-६ केजी) वासर ड्रायरको खरिदमा १.८ लिटर माइडिया राइस कुकर प्राप्त गर्न सक्नेछन्।
त्यस्तै, मल्टी डोर रेफ्रिजिरेटरको खरिदमा माइडिया इन्डक्सन कुकर र साइड-बाइ-साइड रेफ्रिजिरेटर खरिदमा माइडिया एयर फ्राइर प्राप्त गर्न सक्नेछन्। यो ग्राहक योजना २०७९ को चैत्र १७ गतेदेखि नेपालभरी सीमित अवधिको लागि लागू गरिएको छ।
माइडिया ब्रान्डले एयर ट्रिटमेन्ट (कमर्सियल र आवासीय वातानुकूलित समाधान), रेफ्रिजिरेसन, वासिङ मेसिन, लार्ज किचेन र खाना पकाउने उपकरण, साना भान्साका उपकरणहरू, पानीका उपकरणहरू, भुइँ सम्बन्धि हेरचाह र लाइटिङमा विशेषज्ञता हासिल गरी घरेलु उपकरण उद्योगमा व्यापक उत्पादनको विविधताहरू प्रदान गर्दै आएको छ।
माइडिया ब्राण्ड माइडिया ग्रुप अन्तर्गतको घरेलु उपकरण व्यवसाय ब्राण्ड हो। नेपालमा सन् २०२१ देखि चौधरी ग्रुपले माइडिया ब्रान्डका उत्पादनहरू आफ्नो च्यानल र आउटलेटहरूमार्फत देशभर वितरण गर्दै आएको छ।