नेपालको अर्बन क्लोदिङ ब्रान्ड 'ऐक्यम'ले नयाँ वर्ष २०८० को अवसरमा विशेष छुट प्रदान गर्ने भएको छ।
नेपालको बोल्ड र अर्बन कपडाको ब्राण्ड ऐक्यमले नयाँ वर्षको अवसरमा आफ्ना सबै स्ट्रिटवेयर र फेसनवेयरमा ४० प्रतिशतसम्मको छुट दिने भएको हो।
ब्रान्डले फेसन उत्साहीहरू बीच लोकप्रियता हासिल गर्नुका साथै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ। आफ्नो पृथक डिजाइन र उच्च गुणस्तरको सामाग्रीहरूको प्रयोग गरी उत्पादन गरिएको हुडी, जगर्स हाल बजारमा उपलब्ध हुनुका साथै समर क्लोदिङको कलेक्सन पनि छिट्टै सार्वजनिक गर्ने कम्पनीले जनाएको छ।
आफ्नो पछिल्लो संग्रह प्रदर्शन गर्न, ऐक्यमले गत चैत ३० गते पोखराको लेकसाइडमा आयोजित 'पोखरा स्ट्रिट फेस्ट'मा स्टल राखेको थियो।
यसबाहेक ऐक्यमले फेसन पारखीहरूका लागि ब्रान्डको पछिल्लो संग्रहलाई नजिकबाट र भौतिक रूपमा हेर्नको लागि २०८० वैशाख १ गते पोखराको लेकसाइडमा उद्घाटन कार्यक्रम आयोजना गरेको थियो।
ऐक्यमको स्ट्रिटवेयर फेसन कपडा र आगामी कार्यक्रमहरूबारे थप जानकारी यसको वेबसाइट मार्फत पाउन सक्ने कम्पनीले जनाएको छ।