नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुद कुमार दुगड चयन भएका छन्।
संघको २२औं बार्षिक साधारण सभाले दुगडलाई आगामी २ वर्षको लागि अध्यक्षमा निर्बिरोध चयन गरेको हो।
शुक्रबार आयोजित सभाले प्रथम उपाध्यक्षमा दिनेश कुमार अग्रवाल, दितिय उपाध्यक्षमा शुलभ अग्रवाल, तृतिय उपाध्यक्षमा रमेश राजकर्णिकार र महासचिवमा राधेश्याम अग्रवाललाई चयन गरेको छ।
अध्यक्ष दुगड विगतमा २ कार्यकाल संघको अध्यक्ष भइसकेका छन्।