नेपालका उद्योग तथा व्यवसयले विदेशी पेटेन्ट,ट्रेडमार्क तथा डिजाइन प्रयोग गरे बापत तिर्नुपर्ने रोयल्टी वर्षेनी बढ्दै गएको छ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ आएपछि यस्तो रोयल्टी नेपालबाट बाहिरिने क्रम बढ्दै गएको छ। ऐनले रोयल्टी लिने व्यवस्थामा सहजीकरण हुने व्यवस्था गरेको थियो।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु वर्षको चार महिनामा यसरी नेपाली व्यवसायले विदेशी बौद्धिक सम्पतिको उपयोग गरे बापत १ अर्ब २४ करोड बढी रुपैयाँ भुक्तानी गरेका छन्।
यसरी रोयल्टी बापतको मुद्रा बाहिरिने क्रम पछिल्ला वर्षहरुमा बढ्दै गएको छ। गत वर्षको चार महिनामा ७ करोड रुपैयाँ बाहिरिएको थियो।
बौद्धिक सम्पत्ति बापतको आम्दानी भने यो वर्ष अहिलेसम्म शून्य छ।
ऐनले नेपाली कम्पनीसँगको प्रविधि हस्तान्तरण सम्झौता गरेर बौद्धिक सम्पत्तिको उपयोग गर्न पाउने र त्यसबापत् रोयल्टी दिनसक्ने व्यवस्था गरेको छ।