आगामी साउन २६ र २७ गते काठमाडौंमा हुने नेपाल उद्योग वाणिज्य महासंघको साधारणसाभा तथा चुनावका लागि प्यालन घोषणा भएका छन्।
वर्तमान विधानको व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने छन्। तर आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षका लागि दुई समूह बनाएर चुनावी प्रतिस्पर्धामा व्यवसायीहरु होमिएका छन्।
महासंघको वरिष्ठ उपाध्यषका लागि चन्द्र ढकाल र किशोर प्रधान नेतृत्वमा प्यानल बनेका छन्।
वरिष्ठसहति चार उपाध्यक्षमा प्रतिस्पर्धा हुने चुनाव चुनावी प्यानलमा केन्द्रीय कार्यकारीणी समितिका लागि भने सदस्यहरुको टुंगो दुवै पक्षले लगाएका छन्।
असार ३० गते काठमाडौंमा कार्यक्रम गरी चन्द्र ढकालको प्यालनले आफ्नो समूह सार्वजनिक गरेको थियो। ढकालको प्यालनबाट वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल, जिल्ला तथा नगर तर्फको उपापध्यक्षमा गुणनीधि तिवारी, वस्तुगत तर्पवको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसियट तर्फबाट रामचन्द्र सांघाई रहेका छन्। यसमध्ये ढकाल वर्तमान कार्यसमितिमा एसोसियट तर्फका उपाध्यक्ष र श्रेष्ठ वस्तुगत उपाध्यक्ष रहेका छन्।
त्यस्तै अघिल्लो चुनावमा पनि वरिष्ठ उपाध्यक्षमा पराजित भएका किशोर प्रधानको प्यालनबाट वस्तुगतमा अन्जन श्रेष्ठ, जिल्ला नगरमा दिनेशलाल श्रेष्ठ, एसोसियटमा सौरभ ज्योति रहेका छन्।