नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्स र चिनियाँ टेक कम्पनी हुवावेबीच साझेदरीको सम्झौता भएको छ।
यी दुई कम्पनीबीच रणनीतिक साझेदारी गर्ने सम्बन्धमा सम्झौता भएको हो।
यो सम्झौताबाट सूचना प्रविधिको नयाँ प्रयोगबाट उड्डयन क्षेत्रमा यात्रुले थप सहज सुविधा प्राप्त हुने दुई कम्पनीले विश्वास व्यक्त गरेका छन्।
यो सम्झौताबाट हिमालय एयरलाइन्सले हुवावेको प्रविधि प्रयोग गर्ने छ। यसबाट टिकेटिङदेखि व्यावसायिक व्यवस्थापनसम्ममा सहजता आउने कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।