विदेशबाट आयात हुने अत्यावश्यक बाहेकका वस्तुमाथि प्रतिबन्ध लगाएको सरकारले केही वस्तुको आयात खुकुलो पारेको छ।
गएको चैतदेखि ५० लाख डलर माथि मूल्य भएका गाडी,मरिच,छोकडा तथा केराउ आयातमा प्रतिबन्ध लगाएको सरकारले मरिचको आयातलाई खुकुलो पार्ने निर्णय गरेको छ।
यद्यपी मरिचको आयात पहिलेजस्तो सजिलो भने हुने छैन। सरकारले औद्योगिक कच्चा पदार्थको रुपमा प्रयोग हुने मरिचको आयात हुन दिने निर्णय गरेको सञ्चार तथा अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिएका छन्।
सरकारका प्रवक्तासमेत रहेका खतिवडाले मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै मरिच आवश्यक हुने उद्योगले उद्योग विभागबाट सिफारिस गराइ पाएको परिमाणको मरिच आयात गर्न पाउने जानकारी दिए।
नेपालमा पछिल्लो समय मरिचको आयात बढ्दै गएको थियो। भन्सार विभागको तथ्यांकअनुसार अघिल्लो वर्ष ७ अर्बको मरिच आयात भएको थियो। चालु वर्षको ८ महिनामै ४ अर्बको मरिच आयात भएको थियो।