रेस्टुरेन्टबाट खाजा र खानाका परिकार घर तथा अफिसमा डेलिभरी गर्दै आएको अनलाइन सपिङ माध्यम भोजडिलले लकडाउनमा पनि आफ्नो सेवालाई निरन्तरता दिएको छ।
लकडाउनले घरैमा बस्नुपर्ने परिस्थितिमा स्वास्थ सुरक्षाको सावधानी अपनाएर रेस्टुरेन्टका परिकारहरु ग्राहकलाई घरैमा डेलिभरी गरिरहेकाे भोजडिलका संस्थापक निकेत अग्रवालले बताए।
सुरुमा आफ्नो सेवा रेस्टुरेन्टका परिकार डेलिभरीमा केन्द्रित भोजडिलले हाल तरकारी फलफूल र किराना सामान समेत डेलिभरी गर्दै आएको छ। केके सुपरमार्केटसँग व्यापार साझेदारी गरी किराना सामानको समेत डेलिभरी गरिरहेकाे अग्रवालले जानकारी दिए।
मास्क, ग्लोव्स, सेनिटाइजर र पिपिईको प्रयोग गरेर कर्मचारी होम डेलिभरीमा खटिएका छन्। कर्मचारीको नियमित स्वास्थ परिक्षण गरिने र सम्पुर्ण कर्मचारीको कोरोना बीमा समेत गरिएको उनको भनाइ छ।
भोजडिलले इ-सेवा, खल्ती, फो-नपे, बैंक कार्ड, कनेक्ट लगायत माध्यमबाट अनलाइन भुक्तानी गर्न सकिने बताइएको छ।
भोजडिलले पार्सल सेवा समेत थप गरेको छ। सार्वजनिक तथा निजी सवारी नचलेको असहज परिस्थितिमा कागजात एवं आवश्यक सामान तथा गिफ्ट ग्राहकले काठमाडौँको एक ठाउँ बाट अर्को ठाउँ पठाउनु भोज मार्फत पार्सल गर्न सक्ने कम्पनीले बताएको छ।
अहिले रेष्टुरेन्टमा बसेर खान नपाउने भएकाले इच्छुक ग्राहकले आफै रेस्टुरेन्टबाट खाना लिन चाहेमा भोज एपबाट अर्डर गरी टेक अवे रोजेपछि रेष्टुरेन्ट पुग्दा खाना/खाजा तयार भएको पाउन सकिने छ।
ग्राहकले वेवसाइट र मोबाइल एप मार्फत भोजडिलको सेवा लिन सक्नेछन्। भोजडिलले तीन बर्षदेखी काठमाडौ उपत्यकामा ग्राहकका रोजाइको रेस्टुरेन्टबाट खाजा र खानाका परिकार घर तथा अफिसमा डेलिभरी गर्दै आएको छ।