कन्टिनेन्टल ट्रेडिङ्ग इन्टरप्राइजेजले आफ्ना कर्मचारीहरुको कोरोना बीमा गरेको छ। किया, इसुजु अनि कोमात्सु अटोमोबाइल ब्रान्ड को आधिकारीक बिक्रेता रहेको कन्टिनेन्टलले आफ्ना २०० भन्दा बढी कर्मचारीहरुको कोरोना सुरक्षा बीमा गरेको हो।
लकडाउनको समयमा प्रायः सबै कम्पनीका कर्मचारीहरुले घरमै बसेर आफ्नो कामहरु गरिरहेको कम्पनीले जानकारी दिएको छ।
कर्मचारीहरुको उत्साह र उच्च मनोबलका साथ काम गर्न हौसला दिनका लागि बिमा गरिएको कम्पनीले जानकारी दिएको छ।