नेपाल चेम्बर अफ कमर्शले सरकारले तोकेको मितितभित्रै कर तिर्न नसकिने प्रतिक्रिया दिएको छ।
आन्तरिक राजश्व विभागले सूचना प्रकाशित गरी चैत २५ गतेसम्मको कर विवरण दाखिला गरी सोहीअनुसारको कर बुझाउन व्यवसायीका नाममा सूचना प्रकाशित गरेको थियो।
लकडाउन लागू भएपछि कर तिर्ने मिति सार्दै आएको सरकारले यो पटक भने जेठ २५ भित्रै चैतमा बुझाउनुपर्ने कर बुझाउन ताकेता गरेको थियो।
सरकारको सूचना प्रति प्रतिक्रिया जनाउँदै नेपाल चेम्बर अफ कमर्शले ७० दिन देखि मुलुक लक डाउनमा भएकोले समग्र आर्थिक एवम व्यावसायीक कारोवार ठप्प अवस्थामा रहेका बेला पारिश्रमिक र बैंकको व्याज किस्ता धान्न नसक्ने हुँदा कर तिर्न नसकिने प्रष्ट पारेको छ।
चेम्बरले जेठ २५ मा कुनै पनि हालतमा कर तिर्न नसक्ने बरु लकडाउन खुलेको ३ महिनापछिमात्र कर तिर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।
सरकारको उक्त सूचनाप्रति निजी क्षेत्रका संघ संस्थाहरुले विरोध जनाएका छन्। व्यवसाय ठप्प भएको बेला कर तिर्न नसकिने उनीहरुले बताएका छन्।