सरकारले आगामी वर्षका लागि आज ल्याएको बजेटबाट फर्निचर आयातमा कर थप गर्ने घोषणा गरेको छ।
संघीय संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले विदेशबाट आउने काठ तथा फर्निचरमा अन्तशुल्क लगाउने जानकारी गराएका छन्।
योसँगै विदेशबाट आयात हुने फर्निचर महंगिने भएका हुन्।