हिमालय एयरलाइन्सले चीनको दोस्रो सहरमा नियमित व्यावसायिक उडान सुरु गरेको छ। चिनयाँ लगानी समेत रहेको एयरलाइन्सले आजदेखि चीनको काठमाडौं-चोङची सिधा उडान सुरु गरेको छ।
हिमालयले यसअघि चीनको बेइजिङमा नियमित उडान सुरु गरिसकेको छ। त्यस्तै हिमालयले यी दुई सहर बाहेक अन्य तीन सहरमा चार्टर्ड उडान पनि गरिरहेको छ।
चोङची उडान आजदेखि सुरु भएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र नेपालका लागि चिनियाँ राजदुतले सयुक्त रुपमा उद्घाटन गरेका थिए।
यो उडानले ट्रान्स हिमालयन कनेक्टिभिटीमा सहयोग पुग्ने चिनियाँ राजदुत होउ यान्छीले बताइन्।
उडान सुरु भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले यो उडानले नेपाल चीनबीचको सम्पर्क अझ सहज हुने र यसबाट नेपालको पर्यटनमा सकारात्मक प्रभाव देखिने बताए।