पछिल्लो समय अदुवाको निर्यात घट्दै गएको छ।
चालू आर्थिक वर्ष २०७६/०७७ को साउनदेखि मङ्सिरसम्ममा अदुवा ५५ लाख किलो निर्यात भएको छ। त्यसबाट २३ करोड ६२ हजार रूपैयाँ भित्रिएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा २७ करोड ६८ लाख रूपैयाँ बराबरको ९६ लाख किलो अदुवा निर्यात विभागको तथ्याङ्कले देखाउँछ।
तथ्याङ्क अनुसार गत वर्ष साउनदेखि मङ्सिरसम्मको तुलनामा यो वर्ष झण्डै दुई गुणाले अदुवाको निर्यात घटेको देखिएको छ।
नेपालमा अदुवा वार्षिक ३ लाख मेट्रिक टन उत्पादन हुन्छ। त्यसमध्ये ६० प्रतिशत भारतमा निर्यात हुने गरेको नेपाल अदुवा उत्पादक तथा व्यावसायी सङ्घको तथ्याङ्क छ।
बाँकी ४० प्रतिशत भने नेपाली बजारमा खपत हुँदै आएको छ।
त्यस्तै चियाको निर्यात पनि गत वर्ष साउनदेखि मङ्सिरसम्मको तुलनामा झण्डै दुई गुणाले नै घटेको देखिन्छ।
गत वर्षको सोही अवधिमा ९८ लाख ५९ हजार किलो चिया निर्यात भएको थियो। त्यसबाट १ अर्ब ९२ करोड हजार रूपैयाँ भित्रिएको छ।
चालू आवको साउनदेखि मङ्सिरसम्मा ५७ लाख ६५ हजार किलो चिया निर्यात भएको छ। त्यसबाट १ अर्ब ४४ करोड ७४ लाख रूपैयाँ भित्रिएको विभागको तथ्याङ्क छ।