अमेरिकी जहाज निर्माता कम्पनी बोइङले गएको तीन दशककै न्यून अर्डर पाएको छ। बोइङको ७३७ म्याक्समा समस्या आएर विश्वभर ग्राउन्डेड भएपछि नयाँ अर्डरमा सिथिलता आएको बताइएको छ।
एरो स्पेस कम्पनीको तथ्यांकलाई उद्धृत गर्दै द गार्जियनले समाचारमा लेखेको छ,'बोइङले गएको वर्ष नयाँ अर्डरभन्दा क्यासिलेशन धेरै पयो।'
सन् २०१९ मा बोइङका पुराना ८७ भन्दा बढी अर्डर क्यान्सिल भएका छन्। यो भन्दा न्यून नयाँ अर्डर भएको छ।
नयाँ अर्डरमात्र होइन जहाज आपूर्तीमा पनि कम्पनी सिथिल देखिएको छ। सन् २००७ पछिको सबैभन्दा न्यून जहाज आपूर्ति गरेको छ। बोइङले सन् २०१९ मा ३८० जहाज आपूर्ति गरेको थियो। तर यही बीचमा एयरबसले ७६८ जहाज आपूर्ति गरेको छ भने उसँग आगामी १० वर्षका लागि उत्पादन अर्डर पनि प्राप्त भएको छ।