नेक्स्ट भेन्चर कर्प अन्तर्गत सञ्चालन हुँदै आएको वार्षिक कार्यक्रम ‘नेक्स्ट ग्रोथ कन्क्लेभ’ यस वर्ष पनि हुन लागेको छ।
‘नेक्स्ट ग्रोथ कन्क्लेभ’ले हरेक वर्ष नेपालका साना उद्यमी, सानो कारोबार, लगानीकर्ता, प्रख्यात व्यक्तित्व र व्यवसायी कार्यकारीबीच भेला गरेर उद्यमीहरूको लगानी, वातावरण र उद्यमशीलता विकासको काम अघि बढाइरहेको छ।
यसपालि यो भेला यही मंसिर २९ गते हुँदैछ। ताहचलस्थित सोल्टी क्राउन प्लाजामा हुन लागेको यस कार्यक्रममा स्टार्टअप भ्याली, मेन स्टेज, मिडिया लाउन्ज, इन्भेस्टर लाउन्ज र भेन्चर ब्लेन्ड प्रमुख आकर्षण हुनेछन्।
कार्यक्रममा नयाँ उद्यमी र व्यवसायमा सोच बनाएका व्यक्तिले नेपाली उद्यमी परिस्थितिको विषयमा विभिन्न व्यवसायका सञ्चालक, प्रमुख अधिकृत तथा प्रबन्ध निर्देशकसँग कुराकानी गर्न सक्ने नेक्स्ट भेन्चरले जनाएको छ।
नेक्स्ट भेन्चरले करिब तीन वर्षयता ‘नेक्स्ट ग्रोथ कन्क्लेभ’ मार्फत नेपाली उद्यमी र लगानीकर्ताबीच सहकार्य गर्दै आएको छ। जसले दुवै पक्षलाई व्यवसाय सुरूआतको लागि सहज ‘प्लेटफर्म’ सिर्जना गर्न मद्दत गरेको छ।
बिहानको ९ बजेदेखि बेलुका ६ बजेसम्म हुन लागेको ‘नेक्स्ट ग्रोथ कन्क्लेभ’मा सहभागी हुन प्रति व्यक्ति टिकट मूल्य तीन हजार छ।