काला पत्थरमा माउण्ट एभरेष्ट फेसन रनवे आयोजना हुने भएको छ।
१५ अन्तर्राष्ट्रिय र ५ नेपाली मोडलहरुले माघ ११ गते ५ हजार मिटर भन्दा अग्लो स्थानमा रहेको काला पत्थरमा आफ्नो प्रतुती दिने आयोजकले जनाएको छ।
यो शो कासा नामक संस्थाको आयोजना र आरबी ज्वेलर्सको सहकार्यमा हुन लागेको हो। २० मोडलसहित ५० जानाको क्रु मेम्बर लुक्लाबाट पैदल यात्राबाट काला पत्थर पुगेर माघ ११ गते आफ्नो प्रस्तुती दिने छन्।
यो इभेन्टले ६० को दशकदेखिको हिउँदमा नेपाल ठिक छैन भन्ने सोचलाई परिर्वतन गर्ने पर्वतारोही दावा स्टेभेन शेर्पाले बताए।
‘नेपाल सबै सिजनमा घुम्न लायक छ। यो इभेन्टले हाम्रो पर्यटन प्रबर्द्धन पनि टेवा पुर्याउछ,’ उनले भने ‘हाम्रा स्टाफ खुम्बुको शेर्पाहरु छन्। समस्या पर्यो भन्ने के गर्ने उनीहरुलाई सबै थाहा छ त्यस कारण पनि क्रु मेम्बरलाई अप्ठेरो पर्दैन,।’
यस्ता इभेन्टहरुले नेपालको छुट्टै छवी संसारमा जाने आरबी ज्वेलर्सका अध्यक्ष रमेश महर्जनले बताए।
‘कुनै नयाँ काम बिदेशीले गरे भने हामी स्विकार्छौ तर नेपालीले गर्दा प्रश्न उठाउछौ। यो कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेर हामी संसारसामु नयाँ उदाहरण दिन चाहान्छौं,’ उनले भने।