हेलिकप्टर सेवाप्रदायक सिम्रिक एयरले नेपालमै पहिलोपटक बेलको जेट रेन्जर हेलिकप्टर ल्याउने भएको छ।
अमेरिकन/क्यानेडियन कम्पनीको उत्पादन बेलको नयाँ सिरिजको हेलकप्टर सिम्रिकले ल्याउने तयारी गरेको छ। कम्पनीका महाप्रबन्धक प्रेम थापाका अनुसार जनवरीको अन्तिमसम्म हेलिकप्टर नेपाल बउने छन्।
बेल ५०५ जेट रेन्टर एक्स सिरिजका दुई हेलिकप्टर सिम्रिकले एकैपटक ल्याउने भएको हो।
हाल पाँचवटा हेलिकप्टर भएको सिम्रिकसँग अहिले चारवटा एयरबसका हेलिकप्टर छन् भने एउटा बेलकै छ। नयाँ दुई आएपछि सात पुग्ने छन्।
नयाँ आउने हेलिकप्टर उच्च हिमाली क्षेत्रमा उड्न अझ सहज हुने र मेडिकल रेस्क्युका लागि पनि अनुकुल हुने थापाको विश्वास छ।
'बेलका यी नयाँ हेलिकप्टरमा समथर सिट हुन्छन् जसका कारण स्ट्रेचर राख्न सहज हुन्छ। यसले गर्दा मेडिकल रेस्क्युमा हामीलाई अझ सहज हुने छ' उनले भने।