दराजले एकदिने सेल डे ११.११ को रेकर्ड तोडेको छ। यसवर्ष दराजले १.५ लाख भन्दा बढी सामानको व्यापार गरेको हो। जसमध्य ४० प्रतिशत विक्रेताबाट वितरणका लागि बुझाइसकेको दराजको भनाइ छ।
सेलडेमा दराजले नेपालभरी २४ भन्दा बढी शहरबाट अर्डर पाएको छ। साथै दराज एप र वेबसाइटमा ३.५ लाख भन्दा बढी प्रयोगकर्ताको उपस्थिती थियो। जुन गत वर्षको भन्दा ७५ प्रतिशत बढी हो।
दराजको वेबसाइटमा ५२ लाख ३३ हजार ३ सय ४४ पेज ‘भ्यु’ भएको छ।
यसपटक ११.११ सेल डेमा ३ हजार भन्दा बढी विक्रेता थिए भने पचास हजार बढी उपभोक्ता थिए। सबैभन्दा बढी व्यापार गर्ने ब्रान्डहरुमा शायोमी, सामसुङ, एल जी, आडीडास, टाइटन, टीभीएस, सोनाम गियर्स, जे फिशरलगायत थिए।
अभियान सुरु भएकै १–२ सेकेन्ड भित्रैमा अर्डर आएको दराजले बतायो।
एक घण्टामा ८ हजारभन्दा बढी अर्डरका आएको थियो। दराजमा कतिपय विक्रेताले छुटको अफर चलाइरहेका छन्।