चल्ला पार्ने अण्डाको भन्सार घटेको छ। नेपाल सरकारले आर्थिक ऐन शंशोधन गर्दै कुखुरा पालन व्यवसायको लागि आवश्यक पर्ने चल्ला कोरल्नको लागि निषेचित फुलहरुको पैठारीमा ५० प्रतिशत छुट दिने निणर्य गरेको हो।
कुखुरा पालन व्यवसायको लागि आवश्यक पर्ने चल्ला कोरल्नको लागि निषेचित फुलहरुमा १० प्रतिशत भन्सार लाग्दै आएको थियो।
सरकारको यो निणर्यले ह्याचरी व्यवसाय र समग्र कुखुरा व्यवसायीहरुलाई फाइदा पुग्ने नेपाल ह्याचरी उद्योग सघंका अध्यक्ष टिकाराम पोखरेलले जानकारी दिए।
‘हामीले चल्ला ल्याउँदा भन्सार लाग्दैन तर चल्ला र अण्डा प्लेनबाट ल्याउनुपर्ने नियम छ र चल्ला ७/८ हजार वटा मात्र ल्याउन सकिन्छ,’ अध्यक्ष पोखरेलले भने ‘तर प्लेनबाट अण्डा १/२ लाख ल्याउन सकिन्छ।’
सरकारको यो निणर्य व्यवसायीको हितमा भएको उनले बताए।