निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले यात्रु बढाएको छ। बुद्धले सन् २०१७ को तुलनामा १ लाख ६९ हजार यात्रु बढाएको हो।
नागरिक उड्डयन प्राधिकरणले प्रकाशित गरेको तथ्यांकअनुसार बुद्धले आन्तरिक उडानमा सन् २०१८ मा १४ लाख ४८ हजार यात्रु बोकेको छ। उसले अघिल्लो वर्ष १२ लाख ७८ हजार यात्रु बोकेको थियो।
बुद्ध हाल काठमाडौंबाट पोखरा,भरतपुर,भैरहवा,नेपालगञ्ज, धनगढी,सिमरा,विराटनगर भद्रपुर उडान गरिरहेको छ। पोखराबाट भरतपुर र भैरहवा पनि उडान गरिरहेको बुद्धले काठमाडौंबाट भारतकाे वानारसी उडान गरिरहेको छ।