काठमाडौंमा जापनीज प्रविधिका रेस्टूरेन्ट सञ्चालनमा आउने भएका छन्।
रेस्टूरेन्ट ‘पार्क भिलेज रिसोर्ट बुढानीलकण्ठ र ‘होक्काइदो रामेन हाउस प्राली’ ठमेलमा सञ्चालनमा आउने भएका हुन्। जुलाई २० मा नेपालका लागि जापानीज राजदूत साइगो मासामिचीले रेस्टूरेन्ट उद्घाटन गर्ने होक्काइदो नेपाल विजनेस ग्रुुपले जानकारी दिएको छ।
जापानमा प्रचलित नुडल्स ‘रामेन’लाई उत्कृष्ट स्वाद र सुलभ मूल्यमा नेपाली माझ उपलब्ध गराउने उद्देश्यका साथ सो रेष्टुँरेन्ट सञ्चालनमा ल्याउन लागिएको होक्काइदो ग्रुपको भनाइ छ।
ग्रुपका अनुसार जापान र नेपालमा लामो समयदेखि जापानीज परिकार बनाइरहेका सेफद्धारा रेष्टुँरेन्टमा परिकारहरू बनाइनेछ।
नेपाली व्यवसायिक घराना केजिएज समूह र जापानको होक्काइदो नेपाल विजनेस ग्रुपको लगानी र प्रविधिमा रेष्टूरेन्ट सञ्चालन गरिने रेष्टूरेन्टका सञ्चालक अर्जुन अधिकारीले जानकारी दिए