‘मेभोक्स हेलमेट’ नेपाली बजारमा भित्रिएका छन्।
मेभोक्स हेलमेटका लागि नेपालको आधिकारिक वितरक सत्यदीप इन्टरनेसनलले रिटेलर मिट कार्यक्रमको आयोजना गरी हेलमेट सार्वजनिक गरेको हो।
सो अवसरमा मेभोक्स हेलमेटको उत्पादक सन्धार एमकिन इन्डष्ट्रिजका म्यानेजिङ डाइरेक्टर आयुषमान मेहताले नेपाली बजारलाई विशेष महत्व दिएकाले भारतपछि नेपालमा पहिलो पटक हेलमेट उपलब्ध गराइएको बताए।
कम्पनीका अनुसार सुरक्षित मात्र होइन, यी हेलमेट सुविधाजनक र स्टाइलिस पनि छन्। ‘प्रोडक्ट स्पिक्स इटसेल्फ’ भने जस्तै ब्रान्ड र उत्पादन राम्रो भएकाले मेभोक्स हेलमेट नेपाली राइडरहरुले मन पराउने कम्पनीको भनाइ छ।
कम्पनीको सेल्स एन्ड मार्केटिङका जनरल म्यानेजर अर्नव भट्टाचार्यले हेलमेटमा राइडरको सुरक्षाका लागि धेरै फिचरको प्रयोग गरिएको बताए।
माउन्टेन स्पोर्ट्स फेडरेसनका अध्यक्ष गोविन्द भट्टराईले मोटरसाइकलको बढ्दो प्रयोगसँगै चुनौतीसमेत थपिएको बताउँदै सेफ्टी हेलमेट र गियर प्रयोग नगर्दानै दुर्घटनामा मृत्यु हुने भएकाले सुरक्षित हेलमेट प्रयोग गर्नुपर्ने धारणा राखे।
सत्यदीप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र मिश्र तथा मार्केटिङ डाइरेक्टर सञ्जिव सिंह हमालले नेपाली राइडरहरुलाई गुणस्तरीय हेलमेट उपलब्ध गराउने लक्ष्यका साथ मेभोक्स ब्रान्ड भित्र्याएको बताए ।
सन्धार एमकिन इन्डष्ट्रिजले उत्पादन गरेका मेभोक्स ब्रान्डका भारतीय हेलमेट सत्यदीप इन्टरनेसनलले नेपाली बजारमा उपलब्ध गराएको हो।
फूल फेस र ओपन फेस गरी दुई मोडलमा उपलब्ध यी हेलमेटको मूल्य २ हजार ६ सयदेखि ५ हजार १ सय रुपैयाँसम्म छ । मेभोक्स हेलमेट ओएक्स १०, ओएक्स ११ र एफएक्स म्याक्स गरी चार भेरिएन्टमा उपलब्ध छ । यी हेलमेटमा यूभी रेजिस्टेन्ट पेन्ट गरिएको छ । त्यसैगरी बर्षातको मौसमलाई ध्यानमा राखी हेलमेटमा वाटर टाइट इन्टरफेस भाइजर प्रयोग गरिएको छ।
कम्पनीका अनुसार हेलमेटलाई मजबुत बनाउनका लागि कम्प्याक्ट डिजाइन स्ट्रक्चर प्रयोग गरिएको छ । अगाडिको दृश्य राम्रो देख्न र हेलमेट कोरिनबाट बचाउनका लागि समेत यसमा विशेष व्यवस्था गरिएको छ।
सन्धार टेक्नोलाजिज र एमकिन इन्डष्ट्रिजको संयुक्त लगानीमा सन्धार एमकिन इन्डष्ट्रिजको स्थापना गरिएको हो । मेभोक्स हेलमेट उत्पादनका लागि भारतको मानेसरमा प्लान्ट स्थापना गरिएको छ।
वार्षिक रुपमा २० लाख हेलमेट उत्पादन गर्ने क्षमता भएको उक्त प्लान्टमार्फत यो आर्थिक वर्षमा ७ देखि ८ लाख हेलमेट उत्पादन गर्ने कम्पनीको लक्ष्य छ ।
सत्यदीप इन्टरनेसनलले नेपाली बजारमा पहिले देखि नै दुई पांग्रे सवारी साधनका लागि मिरर, हेडलाइट, क्लच प्लेट, ब्रेक शु, लुब्रिकेन्ट, चेन किटलगायतका पार्ट्स उपलब्ध गराइरहेको छ ।