पञ्चकन्या समूहको निर्माण कार्यमा प्रयोग हुने ‘ग्यालभनाइज्ड डेकिङ्ग सिट’ नेपाली बजारमा आएको छ।
विश्वमै निर्माण क्षेत्रमा व्यापक रुपमा प्रचलनमा आइरहेको यो सिट मजबुत, भरपर्दाे र निर्माणगर्न छिटो हुने कम्पनीको दाबी छ।
यसलाई निर्माण कार्यमा स्थाई रुपमा प्रयोगमा ल्याउन सकिने कम्पनीको भनाइ छ। कम्पननीका अनुसार यो तौलमा हलुका, मजबुत, खिया नलाग्ने र वाटरप्रुफ समेत रहेको छ। यसले कंक्रिट राम्रोसँग टासिएर बस्ने र ढलानको स्ल्याबको मोटाइलाई कम गर्न समेत मद्दतगर्दछ।