चौधरी समूहले आजबाट सुनसरीमा वाईवाई चाउचाउको व्यवसायिक उत्पादन सुरू गरेको छ। एउटा प्लान्ट जडान गरी त्यहाँबाट उत्पादन सुरू भएको हो।
प्लान्टको दैनिक साढे पाँचलाख प्याकेट चाउचाउ उत्पादन गर्ने क्षमता रहेको चौधरी समूहका जनरल म्यानेजर मधुसुदन पौडेलले बताए। समूहको प्रदेशगत उद्योग ग्राम खोल्ने उद्देश्य अनुरूप प्रदेश १ लाई लक्षित गरी उत्पादन सुरू गरिएको उनको भनाइ छ।
समूहको प्रदेशगत रुपमा भिन्न भिन्न उद्योग खोल्ने योजना छ।
चौधरी समूहको देश र विदेशमा गरी २० वटा प्लान्ट छन्। यसबाट वार्षिक रूपमा करिब ३ अर्ब प्याकेट चाउचाउ उत्पादन हुँदै आएको समूहले जनाएको छ।