पछिल्लो समय नेपालमा मल्टिप्लेक्सको संख्या बढ्दै गएको छ। पुराना हललाई भत्काएर पनि नयाँ मल्टिप्लेक्स बनाउन थालिएको छ।
यसैक्रममा मध्य बानेश्वरमा पहिले शिवदर्शन हल रहेको स्थानमा मलसहित दुई पर्दाको 'वान सिनेमाज' मल्टिप्लेक्स असार मसान्तबाट संचालनमा आउने भएको छ।
मलकै संचालकहरुले यो हल संचालन गर्न लागेका हुन् ।
हल सञ्चालक मध्येका एक निर्माता प्रज्ज्वल शमशेर जबराले दुबै पर्दाको कुल सिट क्षमता ४ सय २५ रहेको छ। जसमध्ये एक हलमा २ सय १० र २ सय १५ जनाले एकसाथ सिनेमा हेर्न सक्नेछन्।
उनका अनुसार हलमा डबी साउन्ड, फोर के प्रोजेक्शनको साथमा सुविधा सम्पन्न सिट छ ।
उनले यस हलमा राखिएको सिट जत्तिको आरामदायी सिट अरु हलमा नभएको दाबी समेत गरेका छन् ।