अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसुङ डिजिटल प्लाजा बुटवलमा सुभारभ्भ भएको छ।
सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्सको सहकार्यमा सेवा सुरु गरिएको हो।
यस प्लाजाले सामसुङका विश्वस्तरीय उत्पादनहरु टिभी, मोवाइल लगायतका सामानहरु प्रदर्शन तथा बिक्री वितरण गर्नेछ ।
कम्पनीका अनुसार बजारमा उच्चस्तरीय सामसुङका सामानहरुको बढ्दो मागले गर्दा बुटवलमा नयाँ शो–रुम खोल्न हिम इलेक्ट्रोनिक्सले भगवती मल्टि सप्लायर्ससँग सहकार्य गरेको हो।