अग्नि इनर्जीले कुपन्डोल स्थित सर्भिस सेन्टरबाट ३ दिने निःशुल्क सर्भिस क्याम्प र विश्व वातावरण दिवस २०१९ को अवसरमा गरिएको निःशुल्क सर्भिसिङ्ग सम्पन्न भएको छ।
सर्भिसिङ सेवा जुन ५ देखि ७ सम्म चल्यो। यसमा ३ लगभग १०० वटा गाडीहरुको सर्भिसिङ्ग गराइएको कम्पनीले जनाएको छ।
दक्ष प्राविधिकहरुद्वार परीक्षण गरिएको यस क्याम्पबाट जेन्यून स्पेयरपार्ट तथा गुणस्तरीय सेवा उपलब्ध गराएको कम्पनीको दाबी छ।
क्याम्पबाट ग्राहकलाई सवारी सञ्चालन सम्बन्धी उचित सल्लाह पनि प्रदान गरिएयो।
अग्निले विक्री पछिको उत्कृष्ट सेवा तथा अन्तर्राष्ट्रिय ब्राण्ड अनुभव प्रदान गर्दै आएको छ। यस सर्भिस क्याम्पले ग्राहक र कम्पनी बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने र आगामी दिनहरुमा ग्राहक तथा वातावरणलाई विशेष लाभ पुग्ने कम्पनीको भनाइ छ।
अग्नि ग्रुप अन्तर्गत विद्युतीय सवारी साधनका लागि आधिकारीक वितरक अग्नि इनर्जीले नेपालमा महिन्द्रा विद्युतीय सवारी वितरण गर्दै आएको छ।