नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७५ का लागि सह–प्रायोजकको रुपमा विजय डिस्ट्रिलरीको रुस्लान फुटबलसंग प्रायोजन सम्झौता गरेको छ।
शनिबार एक कार्यक्रमका बीच मञ्चका अध्यक्ष देबेन्द्र सुबेदी र जावलाखेल ग्रुपअफ ईन्डस्ट्रिजका कार्यकारी निर्देशक शशिन जोशीले प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौताको अवधि एक बर्षको रहने छ । रुस्लान फुटबल अवार्ड कार्यक्रमको सह–प्रायोजकको रुपमा रहने उल्लेख छ ।
नेपाली खेलकुदकै प्रतिष्ठित खेलकुद अवार्डको १६ आँै संस्करण आगामी असार १७ गते आयोजना हँुदैछ।
यस पटकको अवार्ड कार्यक्रममा नौ विधाका खेलाडी र खेलकर्मी सहित एक जना अन्तर्राष्ट्रिय खेल पत्रकारलाई सम्मानगर्ने कार्यक्रम रहेको जनाइएको छ।