निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले काठमाडौं–कोलकाता नियमित उडान भोलिदेखि गर्ने भएको छ। वैशाख २ गतेदेखि कोलकाता उडान गर्ने शुरुवाती योजना बनाउको एयरलाइन्सले भारतमा चुनाव भएका कारण तालिका परवर्तन गरेको हो।
काठमाडौंबाट आठ बजे छुट्ने भोलिको उडान भने परीक्षण(प्रुभिङ) हुने छ।
एटिआर ७२–५०० जहाजले साताको नियमित ३ उडान गर्ने एयरलाइन्सले जानकारी दिएको छ। सोमबार, बुधबार र शुक्रबार हुने उडान त्रिभुवन विमानस्थलनको नोटम सकिएपछि विहान सात बजे उडान हुने छ।
भारतीय यात्रुहरुको लागि बुध्द एयरको भगीनी संस्था बुध्द होलिडेजले विभिन्न धार्मिक तथा पर्यटकीय प्याकेजका बारेमा भारतमा प्रबद्र्धन गरिरहेको छ। भारतमा डिजिटलका साथै अन्य माध्यमबाट पनि प्रचार प्रसार गरिरहेको छ । यसले नेपाली यात्रुहरुका लागि पनि कोलकात्ता टुर प्याकेज, गंगासागर तथा जग्गनाथपुरी दर्शन प्याकेज ल्याएको छ ।