किङ्स लाउन्जले पोखरामा पहिलो शाखा सञ्चालनमा ल्याएको छ।
स्थापनाको पहिलो वर्ष पूरा गरेको उपलक्ष्यमा पोखराको लेकसाईडमा पारिवारिक वाताबरणमा आधुनिक शैलीको लाउञ्ज सञ्चालनमा ल्याइएको सञ्चालकले जानकारी दिएको छ।
बिहीबार साँझ पोखरामा एक कार्यक्रमको आयोजना गरी लाउञ्जको औपचारिक सुरुवात गरिएको हो।
लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले केक काटेर लाउञ्जको औपचारिक सुरुवात गरेका हुन् ।
काठमाडौंमा छोटो समयमा पाएको व्यवसायिक सफलताका साथै पोखराबासीको चाहनालाई मध्यनजर गर्दै सेवा सुरु गरिएको लाउञ्जका अध्यक्ष श्रेष्ठले बताए ।
काठमाडौंको दरबारमार्गबाट उपलब्ध गराउँदै आएका सेवालाई पोखरामा अझै परिष्कृत रुपमा पस्किने श्रेष्ठको भनाइ छ।
लाउञ्जले सेवा सुरु गरेको उपलक्ष्यमा तीन दिनसम्म सेवाग्राहीलाई कुनै पनि समयमा २० प्रतिशत छुट उपलब्ध गराउने छ।
बर्थडे, एनिभर्सरी, फेयरवेल लगायतका गेट टुगेदर गर्न आउनेहरुलाई लाउञ्जले निशुल्क केक उपलब्ध गराउने छ। यसका साथै हरेक बुधबार सञ्चालन हुने लेडिज नाइटमा सहभागि महिलाहरुलाई ककटेल निशुल्क उपलब्ध गराउने लाउञ्जले जनाएको छ ।
लाउञ्जको औपचारिक उद्घाटन कार्यक्रममा दीपक बज्राचार्य तथा रिदम व्याण्डका साथै किंग्स लाउञ्ज व्याण्डले लाइभ प्रस्तुती दिए। संचालकका अनुसार संगीतका साथै स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको हो।
खेलप्रेमीहरुलाई लक्षित गर्दै लाउञ्जले १८ फिट लम्बाई तथा १२ फिट उचाईको फूल एचडी स्क्रीनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुको प्रत्यक्ष प्रशारण समेत गर्नेछ । यसले पोखराका खेलप्रेमीहरुका लागि किग्ंस लाउञ्ज उचित गन्तव्य बन्ने संचालकको दाबी छ।
विभिन्न पेशा र व्यवसायमा आवद्द केही युवाहरुको सामूहिक लगानीमा सञ्चालनमा आएको लाउञ्जमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन सञ्चालन हुने लाइभ कन्सर्टले सेवाग्राहीको ध्यान तान्ने लाउञ्जका अर्का सञ्चालक कुमार गुरुङले बताए ।
नयाँ तथा पुराना संगीतहरुले भरपुर मनोरन्जन दिनुका साथै आफूले पनि गाउन सक्ने, शान्त पारिवारिक वातावरण भएको, परिवारका सम्पूर्ण सदस्यले एकैसाथ मनोरन्जन लिन सक्ने वाताबरण लाउञ्जले मिलाएको छ। यसका साथै सेवाग्राहीको आवश्यक्ता अनुसार घरसम्म निःशुल्क छोडिदिने ब्यवस्था पनि लाउञ्जले मिलाएको छ ।
लाउञ्जले दिउँसोको समयमा आउने ग्राहकहरुलाई २० प्रतिशत छुट दिने व्यवस्था मिलाएको छ । बिहान १० बजेदेखि खुल्ने लाउञ्जले लेटनाइटसम्म सेवा दिने छ।