कालिकोटमा कम्युनिटी अस्पताल भवन निर्माणका लागि सहयोग रकम हस्तान्तरण भएको छ।
सो अस्पतालका लागि संचारकर्मी तथा श्री स्टील्स्का ब्राण्ड एम्बेसेडर रवि लामिछानेको नाममा स्थापना भएको रवि लामिछाने फाउण्डेशनले ६ लाख ४० हजार रुपैयाँ सहयोग गरेको छ।
अस्पताललाई पुष्पतारा केडिया सेवा फाउण्डेशनले ३ लाख २० हजार रुपैयाँ र श्री स्टील्स्ले ३ लाख २० हजार गरि जम्मा ६ लाख ४० हजार रुपैयाँ प्रदान गरेको जनाइएको छ।
केडिया अर्गनाइजेशनका अध्यक्ष ताराचन्द केडियाबाट एक कार्यक्रमबीच रकम हस्तान्तरण गरिएको हो। पुष्पतारा केडिया फाउण्डेशन स्वास्थ्य, शिक्षा, खेलकुद र साँस्कृतिक उत्थानको कार्य गर्न खोलिएको स्थंस्था हो।