नेपालका लागि जेसिबी निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले जेसिबी ब्रान्डको ब्याक हो लोडर र एस्काभेटर खरिदमा उपहार घोषणा गरेको छ।
यो नयाँ योजना अन्तर्गत एमएडब्लु अर्थमुभर्सले जेसिबी थ्रि डिएक्स सुपर वा जेसिबी २२० एलसी एक्स्ट्राको खरिदमा एक हजार घन्टासम्म सर्भिसिङ र त्यसमा लाग्ने सम्पूर्ण सामग्री निःशुल्क उपलब्ध गराउनेछ।
कम्पनीका अनुसार जेसीबी एक्साभेटर र ब्याकहो लोडर राष्ट्रिय तहमा मात्र होइन स्थानीय तहमा समेत सहज रुपमा पु¥याउन एमएडब्लु अर्थमुभर्सले फाइनान्स, न्युनतम डाउनपेमेन्ट, सरल ब्याजदर र डाइरेक्ट एलसी जस्ता सुविधा उपलब्ध गराएको छ । यी मेसिनहरु ८५ प्रतिशतसम्म फाइनान्समा उपलब्ध छन्।
एमएडब्लु अर्थमुभर्सले जेसीबी थ्रि डिएक्स सुपरमा दुई वर्षसम्म अनलिमिटेड आवर वारेन्टी र जेसीबी २२० एलसी एक्स्ट्रामा तीन वर्ष वा ७ हजार घन्टा पावरट्रेन वारेन्टी उपलब्ध गराउँदै आएको छ।
देशभर १२ स्थानमा ‘थ्रि एस’ सुविधा सहितको शाखा, १३ वटा आधिकारिक विक्री केन्द्र (एआरओ) र दुई सयभन्दा बढी सर्भिस इन्जिनियर जेसिबीका ग्राहकको सेवामा सदा तत्पर छन्।