नेपाल चेम्बर अफ कमर्श र कम्बोडिया चेम्बर अफ कमर्शबीच सम्झौता भएको छ । नेपालका प्रधानमन्त्री के.पी.शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री हु सेनको उपस्थितीमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठ र कम्बोडिया चेम्बर अफ कमर्शका उपाध्यक्ष लिम हेङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
दुई देशको व्यापारिक विकास र बैदेशिक सम्बन्ध प्रगाढ र सुध्रिढ कायम गर्नका लागि सम्झौता भएको चेम्बर अफ कमर्श नेपालले जानकारी दिएको छ।
९ बुँदे सम्झौता पत्रमा दुई देशबिच आपसी सम्बन्ध सुमधुर, व्यापारिक विकास, बैदेशिक सम्बन्ध, लगानी, पर्यटन र व्यापारिक प्रर्दशन गर्ने उल्लेख छ ।