शंकर गु्रपको उत्पादन रिद्धि सिद्धिको आयोजनामा निर्माणकर्मीहरु समक्ष प्राविधिक ज्ञान प्रस्तुत गर्न अन्तरक्रियात्मक कार्यक्रम गरिएको छ।
कार्यक्रम आज (शु्क्रबार) ‘गुणस्तरको नयाँ स्तर’ भन्ने मूल सन्देशको साथ बिरगंजमा आयोजना गरिएको हो।
कार्यक्रममा क्रममा रिद्धि सिद्धि सिमेन्टका सहायक ब्राण्ड म्यानेजर अनुज महतले सिमेन्टको उपयोगिता,प्रयोग तथा विशेषताको साथसाथै सिमेन्टको उत्पादन प्लान्टमा प्रयोग गरिएका प्रविधिहरुका बारेमा जानकारी गराए।
आयोजक कम्पनीले यस किसिमका अन्तरक्रियात्मक कार्यक्रमहरु आगामी दिनहरुमा पुनः आयोजन गर्ने जनाएको छ।