निजी क्षेत्रकाे वायुसेवा कम्पनी बुद्ध एयरले ह्विलचियर र्याम्प राख्ने भएको छ। एयरले ह्विलचियर प्रयाेगकर्तालाई जहाज चढ्न र ओर्लन सहज होस भनेर र्याम्प राख्न लागेको बताएको छ।
अहिले ह्विलचियर प्रयाेगकर्तालाइ बाेकेर जहाजमा लिनुपर्ने अवस्था रहेको छ।
यात्रुको सहजकता लागि पहिलो चरणमा काठमाडौं विमानस्थलमा त्यस्ता र्याम्प राखिने एयरका म्यानेजर रुपेश जाेशीले जानकारी दिए। उनको अनुसार यस्ताे र्याम्प राखेपछि ह्विलचियर गुडाएर जहाजमा जान सकिन्छ।
काठमाडौं पछि अन्य विमानस्थलमा पनि राखिने जाेशीको भनाइ छ ।
बुद्ध हाल काठमाडौंबाट पाेखरा,भरतपुर,भैरहवा,नेपालगञ्ज, धनगढी,सिमरा,विराटनगर भद्रपुर उडान गरिरहेको छ। पाेखराबाट भरतपुर र भैरहवा पनि उडान गरिरहेको बुद्धले काठमाडौंबाट भारतकाे वानारसी उडान गरिरहेको छ।