जोनी वाकरको ‘ह्वाइट वाकर स्कच’ सार्वजनिक भएको छ।
स्कच जोनी वाकर, एचबिओ र गेम अफ थ्रोन्ससँगको सहकार्यमा निर्माण गरेको हो। केही सिमित संख्यामा उपलब्ध ह्वाइट वाकरको निर्माण चर्चित शो– ‘गेमअफ थ्रोन्स’बाट सार्वजनिक भएको हो।
स्कचको बोतल हिउँ जस्तै सेतो र नीलो डिजाइनमा छ। यसले कठाँग्रिएको उत्तर स्कटल्याण्ड भेगमा पु¥याएको अनुभूति दिने कम्प्नीको दाबी छ।
कम्पनीका अनुसार स्कचमा खैरो बनाइएको चिनी र भेनिला, अर्किड फलको स्पर्श सहितको ताजा रातो बेरीहरु तथा स्कटल्याण्डको अति उत्तरीय डिस्टिलरीहरुको एक कार्धु र क्लाइनलिसका एकल माल्टहरुको गुणहरु भरिएको छ।
जोनी वाकरको ह्वाइट वाकर विश्वव्यापी रुपमा उपलब्ध छ। नेपालमा ७५० मिली (४१.७%)को लागि अधिकतम मूल्य ५४ सय कायम गरिएको छ ।