सिम्रिक एयरले हेलिकप्टर थप गर्ने घोषणा गरेको छ। एयरले आगामी सातासम्म उक्त हेलिकप्टर काठमाडौं आइपुग्ने जानकारी दिएको छ। एयरले एयरबसको बेल ३इ सिरिजको हेलिकप्टर ल्याउन लागेको जानकारी दिएको छ।
नेपाली दर्ता नम्बर नाइएन-एनबी पाएको उक्त हेलिकप्टर बैशाख १४ गते काठमाडौ आइपुग्ने छ।
योसँगै कम्पनीसँग पाँच हेलिकप्टर पुग्ने छन्।