महालक्ष्मी वायर्स एन्ड केबल्सले आफ्नो नयाँ उत्पादन जल पाइप्स एन्ड फिटिङ्स नेपाली बजारमा ल्याएको छ।
जल पाइप्स एण्ड फिटिङस अस्ट्रिया, जर्मनी र जापानको प्रविधि प्रयोग गरेर उत्पादन गरिने कम्पनीले जनाएको छ।उत्पादन उदेश्यका लागि कम्पनीले सेकिसुइ जापानिजसँग पनि सहकार्य गरेको हो।जल पाइप्स एण्ड फिटिङस अरिहान्त ग्रुपको विजनेश युनिट हो।
जल पाइप्स एण्ड फिटिङसकी ब्राण्ड एम्बेस्डर मनिषा कोइराला, अरिहान्तग्रुपका कार्यकारी निर्देशक गिरिस जैन, पारस लुनिया र जापानबाट आएका अतिथिले संयुक्त रुपमा ब्राण्ड नाम र ट्याग लाइन अनाउन्स गरेर उत्पादन सार्वजनिक गरेका हुन्।
आफ्ना पुराना उत्पादन जस्तै ग्राहकले जल पाइप्सलाई मनपराउने अरिहान्त ग्रुपका कार्यकारी निर्देशक गिरिस जैनको भनाइ छ।
१ हजार भन्दा धेरै कर्मचारीहरु आवद्ध अरिहान्त समूहका देशभर विभिन्न २२ वटा ब्यापारिक क्षेत्र ‘बिजनेस युनिट’मा संलग्न छ।
अरिहान्त होलिडेज, महालक्ष्मी केबल्स, अरिहान्त अटोकोरुगेसन, अरिहान्त आइरन एन्ड स्टिल उद्योग, अरिहान्त क्यामिकल्स, संसरा रेमिट तीमध्ये हुन्।